काठमाडौं- चौथो संस्करणको यू-१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज (बिहिबार) बलियो टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले अपरान्ह २:३० बजे पाकिस्तानको सामना गर्नेछ ।
दुई पटक उपविजेता समेत रहेको नेपाल पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य फाइनल पुग्ने रहने छ । तर, प्रतियोगितामा नेपालले सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन ।
पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको नेपालले दोस्रो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो । यता, पाकिस्तान प्रतियोगितामा निकै बलियो देखिएको छ ।
प्रतियोगिताको पाकिस्तान अपराजित छ । प्रतियोगिताको सुरुवाती खेलमा चिरपरिचित भारतलाई २-१ ले हराएको पाकिस्तानले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४