बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

National life

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो। यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर काठमाडौं हुँदै चीन फर्किनेछ। १ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो। चीन सरकारले ऋणमा बनाइदिएको विमानस्थलमा पहिलो उडान पनि चीनबाटै भएको छ। 
 

प्रकाशित: Jun 21, 2023| 10:16 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्