बार्सा (एजेन्सी)- बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी क्लबको प्रशिक्षणमा फर्किएको छन् । हातमा लागेधको चोटका कारण पछिल्लो दुई खेल गुमाएका मेस्सी छिट्टै प्रशिक्षणमा फर्किएका छन् ।
हातको चोटका कारण धेरै साता मैदान बाहिर रहने भनिएका स्टार खेलाडी मेस्सी अपेक्षा गरेभन्दा छिट्टै प्रशिक्षणमा फर्केका हन् । उनले इन्टर मिलानसँगको च्याम्पियन्स लिग र आइतबार रियल म्याड्रिडसँगको एल क्लासिको गुमाएका थिए । एल क्लासिकोमा बार्सिलोनाले ५-१ विजयी भएको थियो ।
अक्टुबर २० मा सेभिल्लालाई ४-२ ले हराएको खेलमा मेसीको हातमा चोट लागेको थियो । बार्सिलोनाले मेसीको फोटो पोष्ट गर्दै उनी अभ्यासमा फर्केको उल्लेख गरेको छ ।
बार्सिलोना प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले फिटनेस परिक्षणपछि मात्र मेस्सीको पुनरामगन निश्चित हुने बताएका छन् । बार्सिलोनाले आइतबार रियो भालेसानोको सामना गर्दैछ ।
त्यो खेलमा नभए उनी मंगलबार इन्टर मिलानसँगको च्याम्पियन्स लिगमा फर्केने अपक्षा गरिएको छ । चोटग्रस्त हुनु अघि मेसीले १२ गोल गरिसकेको छन् । त्यसमध्ये उनले पछिल्ला ३ खेलमा ४ गोल गरेका थिए । सेभिल्लाअघि उनले भ्यालेन्सिया र टोटेनह्यामविरुद्ध गोल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४