सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • छातीमा गाह्रो भएको भन्दै एक किशोरले उडिरहेको विमानको ढोका खोल्‍ने प्रयास गरेपछि... 

छातीमा गाह्रो भएको भन्दै एक किशोरले उडिरहेको विमानको ढोका खोल्‍ने प्रयास गरेपछि... 

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

सियोल - आफूलाई छातीमा गाह्रो भएको भन्दै एक १९ वर्षीय किशोरले उडिरहेको विमानको ढोका खोल्‍ने प्रयास गरेका छन्। फिलिपिन्सबाट सियोल जान लागेका एक दक्षिण कोरियाली किशोरले आफूलाई विमानमा गाह्रो भएको भन्दै उडिरहेको विमानको ढोका खोल्‍ने प्रयास गरेको सीएनएनले समाचारमा जनाएको छ। 

triton college

यद्पि उनलाई क्याबिन क्रुले भने रोकेपछि भने उनी उडिरहेको विमानको ढोका खोल्‍न असफल भएका हुन्। उनले विमानमा करिब एक घण्टा निकै 'आश्चर्यजनक व्यवहार' गरेको पनि जनाइएको छ। 

जिजु एयरलाइन्सका अधिकरीका अनुसार उनलाई गाह्रो भएको गुनासो गरेपछि क्याबिन क्रुले विमानको पहिलो सिटमा राखेका थिए। पहिलो सिटमा राखिएपछि उनी तुरुन्तै आपतकालीन ढोकातिर गएर ढोका खोल्‍ने प्रयास गरेका हुन्। यद्पि उनलाई तत्कालै क्याबिन क्रुहरुले रोकेका थिए। उनलाई नियन्त्रणमा राख्‍न डोरीले बेरेका थिए। 

उक्त एयरलाइन्सले विमानमा रहेका १८० यात्रुहरु सकुशल सियोलको इन्चोयन विमानस्थलमा अवतरण गरेको र विमानमा पनि कुनै क्षति नभएको जनाइएको छ। उनलाई विमानस्थलमा ओर्लिने बित्तिकै प्रहरीको जिम्मा लगाइएको पनि जनाइएको छ। 

उनलाई प्रहरी सोधपुछ गर्दा भने विमानमा उडिरहेको अवस्थामा ढोका खोल्‍ने उद्देश्यबारे केही बताएनन्। यसअघि गत महिना पनि एक ३० वर्षीय कोरियनले विमान ल्याण्ड हुनुभन्दा केही समयअघि आपतकालीन ढोका खोल्‍ने प्रयास गरेका थिए। 

corrent noodles
Metro Mart

प्रकाशित: Jun 20, 2023| 18:50 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्