आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहा ट्याक्स रिल्याक्स: दुई वर्षका लागि सडक कर निःशुल्क

यामाहा ट्याक्स रिल्याक्स: दुई वर्षका लागि सडक कर निःशुल्क

 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं- यामाहाको दुईपांग्रे सवारीसाधन खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क पाइने भएको छ। कम्पनीले आफ्ना ग्राहकलाई सुविधा दिने उद्देश्यले मंगलबार ‘यामाहा ट्याक्स रिल्याक्स’ अफर घोषणा गरेको हो।

अफरअन्तर्गत यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो २ वर्षको सडक कर पनि खरिद लागतमै कभर हुने कम्पनीले जानकारी दिएको छ। सडक करजस्ता अतिरिक्त खर्चहरूले ग्राहकलाई बोझ पार्न सक्ने भन्दै कम्पनीले ग्राहको सजिलोका लागि अफर घोषणा गरिएको कम्पनीको भनाइ छ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु पनि रहेको बताए। त्यही मान्यतामा आधारित भएर उक्त अफर ल्याइएको उनको भनाइ छ।

प्रकाशित: Jun 20, 2023| 18:27 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्