बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईटी क्षेत्रको सम्भावना सरकारले पहिचान गर्न सकेन: डा. वाग्ले

आईटी क्षेत्रको सम्भावना सरकारले पहिचान गर्न सकेन: डा. वाग्ले

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएका क्षेत्रलाई बेवास्ता गरेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा वाग्लेले आईटी क्षेत्रबाट मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै त्यतातर्फ सरकारले कुनै सोच विचार नगरेको बताए।

National life

उनले भने, 'नेपालमा आईटी क्षेत्रको सम्भावना कति छ ? विदेशको काम गर्ने नेपाली कति छन् ? भनेर हामीले निजी क्षेत्रबाट अध्ययन गरेका थियौं। यसको प्रारम्भिक तथ्यांकहरू सुन्दाखेरि नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउन सक्ने अनुमान गर्न सकिन्छ। यो नयाँ रूपान्तरणकारी सेक्टरमा हामीले उही झारा टार्ने डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा खुम्चिएका छौं। तर, रूपान्तरणकारी जुन सम्भावना छ, त्यसबारे हामीले सम्बोधन गरेकै छैनौं।'

आईटीको अपार र अथाह सम्भावनालाई बजेटले बेवास्ता गरेको उनले बताए। त्यसको सम्भावनाको भेउ नै पाउन नसकेको उनको भनाइ छ। उनले भने, 'हामीले निकालेको आँकडाअनुसार सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छन्। करिब सात हजार जतिले ट्याक्स तिर्छन्। १०६ वटा एक्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेछन्। कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेछन्। उनीहरूको औसत आम्दानी छ– चार हजार ७२३ डलर। प्रतिवर्ष पाँचहजार डलर उनीहरूको आय रहेछ। यो आय चानचुने कुरा हैन। अहिले युद्ध भइरहेको युक्रेनको प्रतिव्यक्ति आय पाँच हजार डलर हो,'  उनले भने।

यसरी काम गर्नेहरूले कुलमा वार्षिक ५१ करोडभन्दा बढीको आम्दानी गरिरहेको पनि उनले बताए। यस्ता क्षेत्रबाट पनि विदेशी मुद्रा व्यापक आर्जन गर्न सकिने उनले बताए। तर, ऐन तथा नियममा भएका कुराहरूलाई सुधार गर्दै जानुपर्ने उनको भनाइ छ।

 

 

प्रकाशित: Jun 20, 2023| 17:59 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्