बिहीबार, साउन ७, २०८३

कोपा डेल रे : रियलको फराकिलो जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मड्रिड (एजेन्सी)- स्पेनको दोस्रो प्रतियोगिता कोपा डेल रे फुटबलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ । लगातार हार बेहोर्दै आएको रियलले बुधबार राति भएको कोपा डेल रे को पहिलो लेगमो मेलिल्लालाई ४-० ले पराजित गर्दै पुनरागमन गरेको छ । 

खराब प्रदर्शन जारी रहेपछि मंगलबार प्रशिक्षक जुलेन लसपेटेगुईको स्थानमा आएका कार्यवाहक प्रशिक्षक स्यान्टियागो सोलारीको नेतृत्वमा रहेको रियलले उसैको मैदानमा मेलिल्लालाई उत्कृष्ट पुनरागमन गरेको हो । प्रशिक्षण जुलेन लुपेटेगुईलाई बर्खास्त गरेपछि रियलले पहिलो खेलमै जित निकालेको छ ।

रियललाई जित दिलाउन करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । 

खेलको ४५ औं मिनेटमा एसेन्सियोले गोल गरेपछि पहिलो हाफमा रियल २-० ले अघि रह्यो । दोस्रो हाफमा रियलले थप दुई गोल गर्यो । खेलको ७९ औं मिनेटमा ओड्रिओजोलाले गोल गर्दै रियलको अग्रता ३-० को बनाए । 

त्यसपछि खेलको ९० औं मिनेटमा गोन्जालेजले गोल गर्दै रियललाई ४-० को जित दिलाए । यो जितसंँगै रियलले कोपा डेल रेको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । अब रियलले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।