बिहीबार, साउन २८, २०८३

जिप दुर्घटनामा प्रदेश मन्त्रीकी पत्नी र भाउजूको मृत्यु, मन्त्रीको अवस्था गम्भीर

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई भने थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको छ।

मृत्यु हुनेमा मन्त्री पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमा मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशी छन्।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

 

प्रकाशित: Jun 20, 2023| 16:29 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।