आइतबार, असार २८, २०८३

नयाँ स्टक एक्सचेन्जमा स्वर्णिमको शंका

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको बताएका छन्। मंगलबार अर्थ समितिको बैठकमा वाग्लेले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए। 

उनले भने, 'नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको हामी सबैलाई थाहा छ। हामीलाई पनि यो जानकारी आउँछ। बोर्डका अध्यक्षज्यूको कुरा सुन्दा ब्रोकर लाइसेन्समा भने आशंका उब्जियो। बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको छ।' 

ब्रोकर बढी खोल्न दिए प्रतिस्पर्धा बढ्ने र सेवाग्राहीले लाभ लिन सक्ने उनको भनाइ छ। अर्थशास्त्रीय सिद्धान्त पनि यही भएको भन्दै उनले उत्पादकलाई सुविधा दिनुपर्नेमा जोड दिए। अहिले एउटैले लाइसेन्समा राज गर्ने गरेको भन्दै यो अवस्था हटाउनुपर्ने तर्क उनले गरे।
 

प्रकाशित: Jun 20, 2023| 09:33 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्