बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

National life

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित Arogin Health Care का विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५% (hair transplant & hair fall treatment), इटहरी, सुनसरीमा अवस्थित Hotel Pathibhara International का सेवाहरुमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित Buingal Lounge & Bar का सेवाहरुमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित Yellow Hatti का सेवाहरुमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित Burger House & Crunchy Fried Chicken का सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ।

 

प्रकाशित: Jun 19, 2023| 20:05 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्