आइतबार, असार २८, २०८३

एभरेष्ट बैंकको दलदले नवलपरासीमा १२६औं शाखा

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ नवलपरासीको दलदलेमा आफ्नो १२६औं शाखा उद्घाटन गरेको छ।

उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन्। उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संध देवचुली नगरपालिकाका बरिस्ट उपाध्यक्ष तेज प्रसाद न्यौपाने, ससस्त्र प्रहरीबलका निरिक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ।

 

प्रकाशित: Jun 19, 2023| 19:55 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्