बिहीबार, वैशाख ३१, २०८३

इसेवाले ल्यायो आइफोन १४ जित्न सकिने अफर

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ।  नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यास ब्याक जित्न सकिने  अफर सार्बजनिक गरेको हो।

National life

इसेवाका अनुसार यस योजनामा सहभागी हुन सेन्ड मनि बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ। साथै यस योजनामा प्रोमोकोड FIRST10 प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को क्यासब्याक  समेत पाउन सकिनेछ।

इसेवाले सार्बजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ। यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्ने इसेवाले जनाएको छ। प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ। भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिने इसेवाले जनाएको छ।

 

प्रकाशित: Jun 19, 2023| 19:10 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्