बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कनेक्ट आईपीएसले ल्यायो इन्स्युरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

कनेक्ट आईपीएसले ल्यायो इन्स्युरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी क्यासब्याक अफर ल्याएको छ। आईपीएसले ‘इन्स्युरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको हो।

National life

यस अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत क्यासब्याक पाउनेछन्। यो भनेको अधिकतम २ हजार ८० रुपैयाँ हुन आउँछ। अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन्।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरूको जानकारी एसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने छ। कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ।

कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत ३ हजार ६२६ अर्ब बराबरको ४ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।

 

प्रकाशित: Jun 19, 2023| 17:55 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्