बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १० महिनामा वाणिज्य बैंकहरूको नाफा सवा ५७ अर्ब, नबिल पहिलो नम्बरमा

१० महिनामा वाणिज्य बैंकहरूको नाफा सवा ५७ अर्ब, नबिल पहिलो नम्बरमा

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक।
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं– चालू आर्थिक वर्षको १० महिने अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड खुद नाफा कमाएको राष्ट्र बैंकले विवरण सार्वजनिक गरेको छ। गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा कमाएका बैंकले वैशाखमा ८ अर्ब ४५ करोड नाफा थपेका हुन्।

National life

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २ प्रतिशत घटेको छ। गत वर्षको वैशाखसम्म वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड खुद नाफा आर्जन गरेका थिए।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंकले अगाडि छ। बैंकले यस अवधिमा ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। दोस्रोमा ग्लोबल आईएमई बैंक ५ अर्ब ३४ करोड र तेस्रोमा एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड खुदा नाफा आर्जन गरेको छ। 

तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेघाले करिब ३ अर्ब ९० करोड, एनमबीले करिब २ अर्ब ९८ करोड, प्राइम कर्मियसलले करिब २ अर्ब ८० करोड, स्ट्यान्डर्ड चार्टर्डले करिब २ अर्ब ७९ करोड, हिमालयनले २ अर्ब ६४ करोड, प्रभुले २ अर्ब ३१ करोड, नेपाल एसबिआईले २ अर्ब खुद नाफा कमाएका छन्। 

यस्तै, कुमारी बैंकले १ अर्ब ८१ करोड, माछापुच्छ्ररेले १ अर्ब ५६ करोड, लक्ष्मीले १ अर्ब ४६ करोड, सिटिजन्सले १ अर्ब ४३ करोड र सन्राइज बैंकले १ अर्ब ३७ करोड मुनाफा गरेका छन्। यस अवधिमा सबैभन्दा कम कृषि विकास बैंकले १ अर्ब २२ करोड मात्रै कमाएको छ।

प्रकाशित: Jun 19, 2023| 16:33 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्