NadaNada
बिहीबार, भदौ ५, २०८२

धितोपत्र बोर्डले रोक्यो घोराही सिमेन्टको आईपीओ

घोराही सिमेन्टको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समय थप्न मागिएपछि बोर्डले निष्कासन स्थगन गरेको हो।
 |  सोमबार, असार ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

vianetvianet
Metro Mart

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्टको आईपीओ स्थगन गरेको छ। घोराही सिमेन्टको आईपीओमा अस्वाभाविक कारोबार भएको आशंकामा सेबोनले हाललाई रोकेको हो।

निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्कासन भएको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम ९२० विपरीत भए/नभएको बारेमा केयर रेटिङ नेपाललाई  ३० दिनभित्र स्पष्ट गरी पेस गर्न गत ३० जेठमा पत्राचार गरिएकामा हालसम्म जानकारी पेस नगरी कुनै आधारबिना म्याद थपका लागि अनुरोध गरिएको सेबोनले बताएको छ।

‘उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहो सुरक्षा तथा हित संरक्षणलाई दृष्टिगत गरी कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्रीको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ’, सेबोनको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Jun 19, 2023| 16:07 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्