बिहीबार, कात्तिक २७, २०८२

वितरकले नै रोके देशभर 'आदिपुरुष'को प्रदर्शन

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन देशभर रोकिएको छ। काठमाडौंका फिल्म हलहरूले प्रदर्शन रोकेपछि वितरक कम्पनीले नै देशभर प्रदर्शन रोकेको हो।

National life

‘आदिपुरुष’को नेपाल वितरण कम्पनी बैंकटेस फिल्म्सका निर्देशक मनोज राठीले विज्ञप्ति जारी गरी सिर्जित अवस्थाका कारण देशभर प्रदर्शन रोकिएको जनाएका छन्।

राठीले भनेका छन्, 'काठमाडौंमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौं।' फिल्ममा जानकीलाई भारतकी छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए। त्यसलगत्तै आज बिहानदेखि काठमाडौंका फिल्म हलले प्रदर्शनमा रोकेका थिए।

त्यसपछि पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाले पनि यो फिल्मको प्रदर्शन रोकेका थिए।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 19, 2023| 14:53 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्