मंगलबार, वैशाख १८, २०८१

‘आदिपुरुष’ फिल्म निर्माण कम्पनीले मेयर बालेनसँग माग्यो माफी

आदिपुरुष निर्माण कम्पनी सुपर क्यासेट्सले महानगरका मेयर बालेन र चलचित्र विकास बोर्डसँग फिल्ममा समावेश संवादले नेपाली मनलाई चित्त दुखाएकामा माफी मागेको हो।
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं– विवादित बलिउड फिल्म ‘आदिपुरुष’ निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरका मेयर बालेन साह र चलचित्र विकास बोर्डसँग माफी मागेको छ। निर्माता कम्पनीले आइतबार बेलुकी इमेल पठाउँदै आदिपुरुषमा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको हो।

triton college

‘हामी नेपाली नागरिकको संवेदनामा परेको असरप्रति माफी माग्छौं,’ कम्पनीकी राधिका दासद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘राघव पात्रको रुपमा अभिनेता प्रभासले भनेको डायलग सीता माताको जन्मथलोलाई इंगित नगरेर भारतका समग्र महिलाको स्वाभिमानलाई दर्शाउने क्रममा भन्न खोजिएको हो।’

पत्रमा उक्त संवादलाई कलात्मक शैलीबाट मात्र बुझ्न र बृहत् जनसमुदायमा इतिहासप्रति रुचि जगाउने क्रममा प्रस्तुत गरिएको उल्लेख छ। सुपर क्यासेट्स टी सिरिजअन्तर्गतको कम्पनी हो।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादलाई भारतले सच्याउनुपर्ने अडानमा काठमाडौं महानगरका मेयर बालेन छन्। तीन दिन समय दिँदा पनि नसच्याइएको भन्दै मेयर बालेनले  काठमाडौं महानगरका हलमा फिल्म प्रदर्शनमा रोक लगाएका छन्। बालेनको सिको गरेर धरान, पोखराका हलमा पनि आदिपुरुष प्रदर्शनमा रोक लगाइएको छ।

प्रकाशित: Jun 19, 2023| 13:07 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्