काठमाडौं- नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी ‘१०औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता- २०७५’ को मिक्स युगल तर्फ अन्तिम ८ मा प्रवेश गर्न सफल भएका छन् । शाक्य जोडीले दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडी माथी १५-२१, २१-१७ र २१-१७ को जित निकालेको हो ।
यसैगरि दथुलंका राजु बज्राचार्य र यस्ना डङ्गोलको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए । बज्राचार्य जोडीले भिन्छेबहालका सुजन बज्राचार्य र कृस्मा बज्राचार्यको जोडीलाई २१-११, २१-१४ ले पराजित गरे ।
यस्तै भिन्छेबहालका सुजित बज्राचार्य र आकृती बज्राचार्यको जोडी, दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडी, पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडी, नागबहालका सुनिल शाक्य र लसता शाक्यको जोडी तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडी जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।
पुरुष युगल तर्फ भिन्छेंबहालका मनिष वीर बज्राचार्य र सुजित बज्राचार्यको जोडी, रुकेश शाक्य र सुनिल महर्जनको जोडी तथा दथुलंका रत्नकाजी बज्राचार्य र संदीप शाक्य प्रिक्वाटरमा स्थान बनाउन सफल भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४