NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको १५औं साधारणसभा सम्पन्न, लक्ष्मीसँग मर्जरमा जान बाटो खुल्यो

सनराइज बैंकको १५औं साधारणसभा सम्पन्न, लक्ष्मीसँग मर्जरमा जान बाटो खुल्यो

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- सनराइज बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको सभाले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो।

सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव र मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गरेको हो।

यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण प्रस्ताव पारित गरेको हो। साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ।

प्रकाशित: Jun 18, 2023| 18:53 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्