काठमाडौं- आइएमई पेले मनसुन लक्षित ‘क्यास ब्याकको वर्षा’ नामक अफर सार्वजनिक गरेको छ। कुनै पनि एयरलाइन्सको टिकट काट्ने ग्राहकले यो अफर मार्फत क्यासब्याक पाउने छन्।
३-९ असारसम्म लागु हुने यो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनैपनि एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक पाउने छन्। यस अवधिमा एयरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरुको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने भएका हुन्।