बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी र सनराइज बैंकबीच १:१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित

लक्ष्मी र सनराइज बैंकबीच १:१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच १ः१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

National life

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात् वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ।

 

प्रकाशित: Jun 18, 2023| 18:51 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्