बिहीबार, वैशाख ३१, २०८३

शाओमीले ल्यायो दुई नयाँ डेस्कटप मोनिटर

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- शाओमीले नेपाली बजारमा दुई नयाँ डेस्कटप मोनिटर ल्याएको छ। कम्पनीले एमआई २३.८ डेस्कटप मोनिटर १ सी र एमआई डेस्कटप मोनिटर २७ सार्वजनिक गरेको हो।

National life

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टिमल पर्फमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्ने गरी बनाइएको बताएका छन्।

एमआई २३.८ मा २३.८ इञ्चको आईपीएस एफएचडी डिस्प्ले रहेको यो डेस्कटप मोनिटरमा १७८ डिग्रीको भ्युइङ एङ्गल रहेको छ। यसमा ६० हर्जको रिफ्रेस रेट रहेको छ।

एमआई २७ डेस्कटप मोनिटमा २७ इन्चको आईपीएस एफएचडी र १७८ डिग्रीको भ्युइङ एङ्गल रहेको छ। यसमा ७५ हर्जको रिफ्रेस रेट रहेको छ। यस्तै यसमा ६ मिलिसेकेन्डको फास्ट रेस्पोन्स र ३०० निट्स ब्राइटनेस रहेको छ।
गेमरहरूका लागि यी उत्कृष्ट हुने कम्पनीको भनाइ छ। एमआई २७ डेस्कटप मोनिटरको मूल्य २२ हजार ९९९ रहेको छ भने एमआई २३.८ को मूल्य १९ हजार ९९९ रहेको छ।

 

प्रकाशित: Jun 18, 2023| 18:49 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्