आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थ समितिलाई न्यू स्टक ब्रोकर एसोसिएसनको ध्यानाकर्षण

अर्थ समितिलाई न्यू स्टक ब्रोकर एसोसिएसनको ध्यानाकर्षण

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- न्यू स्टक ब्रोकर एसोसिएसन नेपालले नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीको इजाजत सम्बन्धि सम्पूर्ण प्रक्रिया रोकिएको भन्दै नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ। एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै बोर्डको ध्यानाकर्षण गराएको हो।

‘अर्थ समितिबाट धितोपत्र दलाल तथा व्यापारीको इजाजतसम्बन्धी सबै प्रक्रियालाई रोक्न निर्देशन दिइएकोमा धितोपत्र बोर्डबाट आशयपत्र एवं अनुमति पाइसकेका तथा नेपाल स्टक एक्सचेन्जबाटसमेत आशय पत्र पाइसकेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीको इजाजतसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिन पुगेको एकदमै पिडाबोधका साथ जानकारी गराउन चाहन्छौं’ जारी विज्ञप्तिमा भनिएको छ।

सातवटा कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतीय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर जानकारी गराइ नेप्सेको सदस्यताका लागि राजस्वसमेत बुझाइसकेको परिप्रेक्ष्यमा त्यसलाई कुनै बहानामा रोक्न नहुने एसोसिएसनले जनाएको छ।

‘बोर्ड आफैंमा स्वायत्त नियमनकारी निकाय रहेको र अर्थसमिति कुनै पनि दृष्टिकोणबाट नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष नियमनकारी निकाय नरहेको कारण धितोपत्र बोर्डले अर्थसमितिको निर्देशन पालना गर्न बाध्य नरहेको परिप्रेक्ष्यमा यथाशक्य छिटो हाम्रो प्रक्रियालाई अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत निर्देशन प्रदान गरिदिनहुन अनुरोध गर्दछौं’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा छ।

 

प्रकाशित: Jun 18, 2023| 18:47 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्