सोमबार, मंसिर १, २०८२

अन्तर्राष्ट्रिय अवार्ड विजेता वृत्तचित्र प्रदर्शन हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल वृत्तचित्र चिल्ड्रेन अफ द स्नोल्याण्ड बिहीबार काठमाडौंमा प्रर्दशन हुने भएको छ । 

हिमाली क्षेत्रको दुर्गम गाउँबाट काठमाडौंको एक विद्यालयमा निःशुल्क पढ्न पाएका बालबालिका आफ्नो घर गाउँ छाडेको १०/१२ वर्षपछि परिवारसँग भेट्न पाउँदाको खुशी र उनीहरुले गरेको संघर्षलाई समेटेर वृत्तचित्र निर्माण गरिएको छ ।

नेपाली र अंग्रेजी दुवै भाषा मिश्रित वृत्तचित्रले भ्यालेट्टा फिल्म फेस्टिबलमा बेस्ट अडियन्स, स्वीस माउण्टेन फिल्म फेस्टिबलमा बेस्ट फिल्म अवार्ड, नेपाल ह्युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिबलमा बेस्ट फिल्म, लण्डन इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री र लण्डन इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा अफिसियल सेलेक्सनको अवार्ड जितिसकेको छ । 

पर्फोमिङ आर्ट क्रिएसन प्रालिको निर्माणमा बनेको वृत्तचित्रलाई जारा वुलफोरले निर्देशन गरेका हुन् । एक घण्टा ३० मिनेट लामो वृत्तचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । बिहीबार साँझ ६ बजे जय नेपाल हलमा वृत्तचित्र प्रदर्शन हुने पर्फोमिङ आर्ट क्रिएसनका सञ्चालक एवं निर्देशक कमल एक्चै मगरले जानकारी दिए ।

यो विशिष्ट शोमा उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका व्यक्तित्वहरु सहभागी हुनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्