NadaNada
बिहीबार, भदौ ५, २०८२

एकै महिनामा डेढ लाखले चढे मनकामना केबलकार

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- मनकामना केबलकारको मासिक यात्रु संख्यामा कीर्तिमान कायम भएको छ। चालु आर्थिक वर्ष २०७९-८० को जेठ महिनामा १ लाख ५० हजार यात्रुले मनकामना केबुलकारको यात्रा गरेका छन्। यो संख्या २५ वर्षे मनकामना केबलकारको इतिहासमै बढी हो।

यसअघि आव २०७५-७६ को जेठ महिनामा १ लाख ३५ हजार यात्रुले मनकामना केबलकारको यात्रा गरेका थिए। चालु आवमा मनकामना जाने यात्रुको संख्यामा भारतीयको संख्यामा पनि भारी वृद्धि भएको छ। चालु आवको ११ महिनामा कुल २ लाख ६९ हजारभन्दा बढी भारतीय पर्यटकले मनकामना केबलकारको यात्रा गरेका छन्।

जेठ महिनामा मात्रै २६ हजार भारतीय पर्यटकले मनकामनाको यात्रा गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: Jun 18, 2023| 18:28 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्