बिहीबार, वैशाख ३१, २०८३

५२.२६ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ? 

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ।आज नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ। 

National life

नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि बढ्दै गएको छ। आइतबार करिब ५ अर्ब नजिकको कारोबार भएको छ। आइतबार नेप्सेमा ७० हजार ६४७ वटा कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ८६ करोड ९२ लाखको कारोबार भएको छ।

आइतबार नेप्सेमा बैंकिङ बाहेकका सबै उपसूचकमा वृद्धि हुँदा नेप्से २.५६ प्रतिशतले बढेको हो। बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा ०.२९ प्रतिशतको गिरावटका बाबजुत पनि नेप्से साढे २ प्रतिशत भन्दा माथिले बढेको हो। आइतबार नेप्सेमा जीवन बीमा उपसूचक ६.३८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ६.१५ प्रतिशत र अन्य उपसूचक ६ प्रतिशतले बढेको छ।

नेप्सेमा कारोबार रकम बढ्दै जाँदा शिवम् सिमेन्टको सर्वाधिक ३६ करोड ६५ लाखको सेयर कारोबार भएको छ। यस्तै आईएमई जनरल इन्स्योरेन्सको करिब १६ करोड ९४ लाखको कारोबार हुँदा सोल्टी होटलको १६ करोड ६६ लाखको कारोबार भएको छ।

आइतबार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ। त्यस्तै २८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर छ। जसमध्ये नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर लिमिटेड, सुपर माइ हाइड्रोपावर आत्मनिर्भर लघुवित्त र मेच्छियाम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ। यस्तै सिटी होटलको सेयरमूल्य ९.९६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ।

प्रकाशित: Jun 18, 2023| 15:47 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्