बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै सक्न मन्त्रीको निर्देशन

सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै सक्न मन्त्रीको निर्देशन

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक विस्तार समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

National life

शनिबार सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताए।

मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो।

सूर्यविनायक-धुलिखेल सडक खण्ड दुई भागमा विभाजन गरी विस्तारको काम भइरहेको छ। हाल सडकका दुवै किनारमा पर्खाल बनिरहेको छ।

कुल १६ किलोमिटर लम्बाइको यो सडक खण्ड विस्तारको काम गत वर्षबाट सुरू गरिएको हो।

झन्डै आठ अर्ब ४२ करोड रूपेयाँ लागतमा निर्माण भइरहेको सडक खण्डमा तीन स्थानमा पक्की पुलसमेत बनाइने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिए।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ-बायाँ पाँच-पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रु मार्ग निर्माण गरिनेछ।
 

प्रकाशित: Jun 18, 2023| 06:55 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्