आइतबार, असार २८, २०८३

हेटौंडा उपमहानगरले ल्यायो साढे २ अर्ब बढीको बजेट

१३औं नगरसभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।
 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

मकवानपुर– बागमती प्रदेश मुकाम रहेको हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड  ६५ लाख ४० हजार ८ सय रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ। 

शनिबार आयोजित १३औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।

उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्र्तगत अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार, संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाखबाट ब्यहोरिने जानकारी दिए। उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरेका थिए। 

उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालू आवमा ३ अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म १ अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान संकलन भएको जानकारी दिए।

उनका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालूतर्फ १ अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकामा १ अर्ब ७ करोड ६६ लाख ७० हजार खर्च भएको छ।

पुँजीगततर्फ कुल १ अर्ब ६५ करोड ३९ लाख ८७ हजार बजेट विनियोजन भएकामा हालसम्म ७० करोड ७९ लाख १३ हजार खर्च भएको उनले बताए। वित्तीय व्यवस्थातर्फ १ करोड १५ लाख विनियोजन भएकामा ८५ लाख ६५ हजार खर्च भएको उनले जानकारी दिए।

प्रकाशित: Jun 17, 2023| 16:06 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्