बिहीबार, वैशाख ३१, २०८३

मुख्यसचिव अर्याललाई महासंघको बधाइ

व्यावसायिक लागत घटाउन विशेष पहल गरिने सरकारका नवनियुक्त मुख्यसचिव बैकुण्ठ अर्यालको प्रतिबद्धता।
 |  शनिबार, असार २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं– नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन्।उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा मुख्यसचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गरिने जनाएका हुन्।

National life

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाइ दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताए। अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै यसको संशोधनका लागि पहल गर्न पनि मुख्यसचिव अर्यालसमक्ष आग्रह गरे। 

महासंघले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकामा अध्यक्ष ढकालले जोड दिए। यस विषयमा गृह मन्त्रालयसँग समन्वय गरिने आश्वासन मुख्यसचिव अर्यालले दिए। 

यसैगरी जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरी व्यवस्था गर्नुपर्ने सुुझाव अध्यक्ष ढकालले राखेका थिए। 

भेट अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए। महासंघ उपाध्यक्षद्वय सुरकृष्ण वैद्य र हेमराज ढकालले बढ्दो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गर्नुपर्ने बताए।

प्रकाशित: Jun 17, 2023| 15:30 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्