NadaNada
शुक्रबार, भदौ ६, २०८२

चौतारा बजारमा तरकारी संकलन केन्द्र 

तरकारी संकलन केन्द्र स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री गर्नेछ। 
 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

vianetvianet

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी संकलन केन्द्र स्थापना गरिएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो। 

तरकारी संकलन केन्द्र स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरण प्रबन्ध मिलाइएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए। तरकारी संकलन केन्द्र सञ्चालनको जिम्मेवारी कृष्णबहादुर श्रेष्ठलाई दिइएको छ। 

संकलन केन्द्रमा किसानद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला, सिमीलगायत तरकारी राखिएको छ। संकलन केन्द्रमा २ सय किलो गोलभेँडा राखिएको छ।

किसानले तरकारीको मूल्य भने बजारमूल्यअनुसार नै पाउनेछन्। यसका लागि बिक्रेता किसानको कुनै पनि बैंकमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्नेछ। किसानबाट खरिद गरेको तरकारीलगायत उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले जम्मा गर्ने नगरप्रमुख सापकोटाले बताए।

किसानको उत्पादन नगरपालिकामार्फत श्रेष्ठले खरिद गर्नेछन्। ‘किसानले कुनै पनि उत्पादन बिक्री भएन भनेर फाल्नुपर्ने अवस्था आउने छैन’, उनले भने।
किसानका सबै उत्पादन खरिद गरी स्थानीय बजारमा खपत नभए राजधानी काठमाडौँसम्म लैजाने प्रबन्ध मिलाइएको सापकोटाले बताए। नगरपालिकाले चाँडै कृषि एम्बुलेन्स व्यवस्था गर्न लागेको छ।

Metro Mart

प्रकाशित: Jun 17, 2023| 13:20 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्