NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेलम्ची खानेपानी आयोजना स्थल निरीक्षणमा पुगे प्रधानमन्त्री प्रचण्ड 

मेलम्ची खानेपानी आयोजना स्थल निरीक्षणमा पुगे प्रधानमन्त्री प्रचण्ड 

राष्ट्रिय गौरवको परियोजना मेलम्ची खानेपानी आयोजनाको १ असार २०७८ मा मेलम्ची खोलामा बाढीपहिरो आउँदा मुहानमा क्षति पुगेपछि हाल टालटुल गरिएको छ। 
 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची मुहानस्थल पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरे। 

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन  गरेका हुन्। प्रधानमन्त्री प्रचण्डसँग खानेपानीमन्त्री महिन्द्र राय यादव पनि छन्। आयोजनो स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्नेछन्।

१ असार २०७८ मा मेलम्ची खोलामा बाढीपहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो।

काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवं दीर्घकालीन रूपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधारमा योगदान पु¥याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो। 

Metro Mart

सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६.५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ। सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ। 

२०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो। २०७८ असारमा मेलम्ची खोलामा आएको बाढीपहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो। मुहान मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो।

प्रकाशित: Jun 17, 2023| 12:18 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्