NadaNada
शुक्रबार, भदौ ६, २०८२

ललितपुरका किसानलाई बर्सेनि मलकै चिन्ता

साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतीपातीको समय मलको चिन्ता हुने गरेको हो।
 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

vianetvianet

काठमाडौं– खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मल अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ। धानको बिउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन्।

रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ। साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतीपातीको समयमा मलको चिन्ता हुने गर्छ। 

ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितका अनुसार चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार ३६० बोरा युरिया मल र ६ सय बोरा डिएपी मल प्राप्त गरेको छ।

त्यसैगरी साल्ड टे«डिङमार्फत महानगरले १ हजार ५४० बोरा युरिया मल र ३ सय बोरा डिएपी मल प्राप्त गरेको छ। ललितपुर महानगरपालिकाको उपप्रमुखको संयोजकत्वमा कृषि सहकारी संस्थालाई वितरण गरिने मल खेतीपातीको समयमा किसानले पर्याप्त रुपमा नपाउँदा किसानको गुनासो धेरै सुन्नुपरेको कृषि शाखाकी प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिइन्। 

उनले भनिन्, ‘ललितपुर महानगरपालिकाको वडा १८ देखि २९ वडामा खेतीयोग्य जमिन छ र कसानले खेती गरिरहेका छन्। चालू आर्थिक वर्षमा हामीलाई उपलब्ध भएको रसायनिक मल सबै किसानलाई प्राप्तरुपमा वितरण गर्दा एक छेउमा पनि पुग्दैन।’ 

Metro Mart

अन्य जिल्लामा जस्तै काठमाडौँ उपत्यकामा गाई, भैँसीपालन कम गरिएको हुँदा किसानले पर्याप्त प्रांगारिक मल उत्पादन गर्न नसकेका बेला रासायनिक मल उपलब्ध गराउन नसकिरहेको उनको भनाइ छ।

‘अन्य समस्याभन्दा मलको समस्या लिएर किसान कार्यालयमा आउँछन्। माथिबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाय छैन। हामीलाई पनि चिन्ता छ’, उनले भनिन्, ‘खेतीपातीको समयमा मल नपाएको कारण यो वर्षको उत्पादन घट्ने भयो भनेर किसानले दुःखेसो पोख्छन्।’

प्रकाशित: Jun 17, 2023| 10:44 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्