मंगलबार, फागुन १९, २०८२

आसाममा बाढीका कारण २५ गाउँका २९ हजार मानिस प्रभावित

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

नयाँ दिल्ली- आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ। 

एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीहरूमा पानीको स्तर बढ्दै गएको र लखीमपुर, धेमाजी, डिब्रुगढ, कछार, नलबारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्र अन्तर्गत २५ गाउँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी प्रतिवेदनअनुसार बाढीप्रभावित जिल्लामा २१५.५७ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ।

लखीमपुर जिल्लामा मात्रै एक हजार २१५ बालबालिकासहित २३ हजार ५१६ जना प्रभावित भएका छन्।

एएसडीएमएका अनुसार बाढी प्रभावित लखीमपुर जिल्ला प्रशासनले तीन वटा राहत वितरण केन्द्र स्थापना गरेको छ र बाढी प्रभावितको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ।

kumari

बाढीका कारण कुखुरासहित छ हजार ३०७ पशुचौपाया समेत प्रभावित भएका छन्। बिहीबार आएको बाढीले ढेमाई, विश्वनाथ, गोलपाडा र लखीमपुर जिल्लाका चार वटा तटबन्ध र चारवटा सडकमा क्षति पुर्‍याएको थियो। 

एएसडीएमएका अनुसार विगत केही दिनयता परेको वर्षाका कारण कछार र कामरूप (मेट्रो) जिल्लामा पनि केही पहिरोका घटना भएका छन्। 

प्रकाशित: Jun 16, 2023| 19:20 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्