मंगलबार, फागुन १९, २०८२

इस्तानबुलमा ९६ जना अवैध आप्रवासी पक्राउ, नेपालीहरु परे? 

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

इस्तानबुल- टर्की प्रहरीले इस्तानबुलबाट ९६ जना अबैध आप्रवासीहरूलाई पक्राउ गरेको छ। इहलास समाचार एजेन्सीले  जनाएअनुसार "गैरकानूनी आप्रवासी रहेका घरहरू" भनी विश्वास गरिएको ठेगानाहरूलाई लक्षित गर्दै प्रहरीले इस्तानबुलमा छापा मार्दा ती आप्रवासी पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरूमा अधिकांश एशिया र मध्य पूर्वबाट त्यहाँ प्रवेश गरेको एजेन्सीले जनाएको छ। पछिल्लो समय टर्किए अवैध आप्रवासीहरूका लागि लोकप्रिय गन्तव्य र युरोपेली राष्ट्रहरूमा पुग्ने चाहाना राख्नेहरूका लागि ट्रान्जिट बनेको छ। 

पक्राउ पर्नेहरुमा अधिकांश एशियाली परेको भनिए पनि नेपालीहरु परेको भन्‍ने विषयमा भने आधिकारिक पुष्टि हुन सकेको छैन।

अवैध आप्रवासीहरूलाई निर्वासन प्रक्रियाका लागि शहरको आप्रवासन निर्देशनालयमा पठाइएको  छ। आप्रवासीहरूका लागि "सुरक्षित आश्रय" को रूपमा प्रयोग गरिएका घरहरू भने सिल गरिएको छ।

यस वर्षको शुरुदेखि करिब ४३ हजार अनियमित आप्रवासीहरूलाई देश निकाला गरिएको छ।  जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले वृद्धि भएको आन्तरिक मन्त्रालयले जनाएको छ। गत महिना इस्तानबुलमा मात्रै झण्डै ६ हजार अवैध आप्रवासी पक्राउ परेका थिए।

kumari

प्रकाशित: Jun 16, 2023| 19:40 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्