आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक्स–एज नेपालको ब्राण्ड एम्बास्डरमा राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी

एक्स–एज नेपालको ब्राण्ड एम्बास्डरमा राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं- एक्स–एज नेपालको ब्राण्ड एम्बास्डरमा नेपाल राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी नियुक्त भएका छन्।

एक्स–एज नेपालले विगत एक वर्ष देखि नेपाली क्रिकेट टोलिसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ। सोहि क्रममा, नेपाल राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी, एक्स–एज ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन्।

दिपेन्द्र सिंह ऐरीले आफ्नो करियरमा निकै महत्वपूर्ण उपलब्धिहरु हासिल गरेका छन्। लिस्ट ए क्रिकेटमा डेब्यु गरेका उनले यू–१९ क्रिकेट विश्वकप र एसीसी यू–१९ एसिया कप लगायत विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन्।

ऐरीले दुई वर्ष (सन् २०१९–सन् २०२०) सम्म राष्ट्रिय टोलीको उपकप्तानको रुपमा पनि उत्कृष्ट भूमिका निर्वाह गरेका थिए। ओडिआई र टि–२० दुवै फर्म्याटमा आफ्नो पहिलो सतक बनाई उनले क्रिकेट क्षेत्रका एक होनहार खेलाडीका रुपमा आफूलाई उभ्याएका थिए।  खेलकुदमा उनको योगदान र समर्पणको कदर गर्दै सेप्टेम्बर २०२० मा दिपेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय अनुबन्ध प्रदान गरेको थियो।

सन् २००० मा स्थापना भएको एक्स–एज नेपालले Central Asia, Middle East र Africa मा किफायती मोबाइल फोन तथा accessories सार्वजनिक गर्दै आएको छ।

 

प्रकाशित: Jun 16, 2023| 17:53 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्