आइतबार, असार २८, २०८३

सन्‌राइज बैंकमा नगद तथा चेक जम्मा अब मेसिनबाटै

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं- सन्‌राइज बैंकले मेसिनबाटै चेक र नगद जम्मा गर्न सकिने व्यवस्था गरेको छ। बिहीबार एक कार्यक्रमकाबीच बैंकले उक्त सेवाको शुभारम्भ गरेको हो। अब ग्राहकले मेसिनबाटै आफ्ना खातामा चेक वा नगद जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बिहीबार मेसिनमार्फत दिइने उक्त सेवाको उद्घाटन गरे। उक्त सेवाबाट बैंकका कर्मचारीको सहयोग बिना, भौचर नभरी नगद तथा चेक जम्मा गर्न सकिने बैंकको भनाइ छ।

 

प्रकाशित: Jun 16, 2023| 17:52 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्