बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई कृषि विकास बैंकको सहयोग

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं- कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आर्थिक सहयोग गरेको छ।

National life

बुढानिलकण्ठस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका अध्यक्ष प्राडा भगवान कोइरालालाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले पवित्र कार्यको लागि बैंकले सानो सहयोग गर्न पाएकोमा बैंक परिवार गौरवान्वित भएको विचार व्यक्त गरे।

कार्यक्रममा संस्थाका अध्यक्ष कोइरालाले बच्चाहरुले स्वास्थ्य उपचार पाउन नसकिरहेको अवस्थामा उनीहरुको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यका साथ किओचको स्थापना भएको बताए।

सन् २०१७ मा स्थापना भएको यस संस्थाले विभिन्न दातृ निकायहरुको सहयोगमा बाल अस्पताल निर्माण कार्यको थालनी गरिसकेको बताउँदै अध्यक्ष डा। कोइरालाले कृषि विकास बैंकले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे।

 

प्रकाशित: Jun 16, 2023| 17:52 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्