मंगलबार, चैत १७, २०८२

अब रियलले उत्कृष्ट प्रदर्शन गर्ने छ : सोलारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

मड्रिड (एजेन्सी)- आइतबार बार्सिलोनासँगको खेल फराकिलो अन्तरमा गुमाए पछि प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गर्दै रियल मड्रिडका कार्यवाहाक प्रशिक्षक बनेका सान्टिएगो सोलारीले अब रियलले आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दावी गरेका छन् ।

‘खेलाडीहरु बिग्रिएका छन् र खेलाडीलाई पहिलेकै स्थानमा फर्काउन चाहान्छु ।’ सोलारीले एक पत्रकार सम्मेलनमा भने, ‘यो च्याम्पियनहरुको टोली हो । यी योद्धाहरु हुन् । खेलाडीहरुले रियलको लागि धेरै चिज दिए । सुधार हुनमा केहि समय लाग्नेछ । तर तपाईले यी खेलाडीहरूको वास्तविक खेल देख्नु हुने छ ।’ 

सोलारीलाई रियलमा मात्र चार साताको लागि कार्यवाहाक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । रियलको प्रशिक्षक हुनुमा उनले गर्व भएको समेत बताए । यसअघी रियल मड्रिड ‘बि’ टिमको प्रशिक्षक बनेका अर्जेन्टिनी सोलारीले बुधवार (आज) मेलिला विरुद्धको खेलमा रियलले आफ्नो वास्तविक खेल प्रदर्शन गर्ने बताएका हुन् । रियलले कोपा डेल रे अन्तरगत बुधवार मेलिलासँग खेल्दै छ । 

‘रियलमा प्रशिक्षक हुन पाउनु मेरो लागि ठुलो अवसर हो । यो आफैमा राम्रो क्लव हो । म यतिमात्र भन्न चाहान्छु कि म रियलको प्रशिक्षक हु’ सोलिरले थपे ।

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि रियलले स्पेनिस ला लिगाको दश खेलमा चारमा मात्र जित निकालेको छ । दुईमा बराबरी र चारमा हार व्यहोरेको रियल १४ अंकमा नवौं स्थानमा छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।