शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिके राउतले दिए बजेट लुट्नेलाई चार यारको संज्ञा, चौथो पात्र को होला?

सिके राउतले दिए बजेट लुट्नेलाई चार यारको संज्ञा, चौथो पात्र को होला?

सत्तारुढ जनमत पार्टी अध्यक्ष एवं सांसदसमेत रहेका राउतले चार यारको स्पष्ट नाम नलिए पनि बजेट वितरणमा प्रधानमन्त्री, कांग्रेस सभापति र अर्थमन्त्रीको नाम मुछेकाले चौथो पात्र को होलान्?
 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं– आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा तीन नेताको तीनै गृहजिल्लालाई प्र्राथमिकता दिइएको सत्तारुढ दलका सांसदले गुनासो गरिरहेका बेला सीके राउतले थप एक पात्र थपेर बजेट लुटाइएको बताएका छन्।

National life

सत्तारुढ जनमत पार्टीका अध्यक्ष एवं सांसदसमेत रहेका राउतले चार यारको स्पष्ट नाम नलिए पनि बजेट वितरणमा प्रधानमन्त्री, कांग्रेस सभापति र अर्थमन्त्रीको नाम मुछिएकाले चौथो पात्र को होलान्?

राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभई लुटिएको दाबी गरे। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताएका हुन्। उनले बैंक लुटे जसरी चार यारले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबन्डा गरेको आरोप लगाए। 

उनले भने, ‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्ने कुरा स्पष्ट देखिँदैन। यसो हेर्दा बजेट लुटिएजस्तो देखिन्छ। बजेट बनाएको, ल्याएको होइन। बजेट लुटेकै हो। जसरी बैंक लुट्दा चार यारले लुटेर लग्छन्, त्यसरी नै बजेटलाई चार यारले लुटेर लगेजस्तो लाग्यो। 

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझाव कार्यान्वयन नहुने गरेको सुनाए। उनले महिना दिन बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप परिवर्तन नहुनुमा संसद् र सांसद नै दोषी रहेको औंल्याए।

प्रकाशित: Jun 16, 2023| 16:58 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्