आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

माछापुच्छ्रे बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ।

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३–अधिकतम ग्राहक संलग्नता–गोल्ड’ बाट सम्मानित भएको हो। बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल बैंगलोर भारतले प्रदान गर्ने पुरस्कारबाट बैंक सम्मानित भएको हो।

कम्पनीले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ। यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरू मनोनयनमा परेका थिए। विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई परिष्कृत गर्दै सेवालाई सुरक्षित बनाउनका लागि नवीनतम कार्य गर्दै आएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ३३ शाखारहित बैंकिङ सेवा, २ सय ३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित: Jun 16, 2023| 16:54 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्