हस्तरेखा विज्ञानका अनुसार मानिसको हातको रेखाले उसको बारेमा हरेक कुरा भन्छ। हस्तरेखालाई सबैभन्दा प्राचिन विज्ञानसमेत मानिएको छ। हातको मणिबन्ध रेखा हेरेर व्यक्तिको गोप्य गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको भनाइ छ।
हत्केलामा बनेका रेखा जीवन रेखा, भाग्य रेखा, धन रेखा र करियरसँग जोडिएको हुन्छ। हत्केलामा बनेका करियर रेखाका बारेमा सबै कुरा बताउँछ।
१. जुन व्यक्तिको हातमा मंगल र बुध पर्वत उठेको हुन्छ, औंलाहरु लामा हुन्छन्। बुध पर्वतमा तीन/चार सीधा रेखा भए र सूर्य रेखा गहिरो हुन्छ। यस्ता ब्यक्ति डाक्टर बन्ने मान्यता छ।
२. जुन ब्यक्तिको हातमा चन्द्र पर्वत उच्च र सूर्य रेखा स्पष्ट हुन्छ। यस्ता ब्यक्तिले आफ्नो क्षेत्रमा निकै सफलता पाउने मान्यता रहेको छ।
३. यदि कसैको हत्केलाको मध्य भाग भरिएको छ र सूर्य रेखासमेत श्रेष्ठ छ भने यस्ता ब्यक्ति पशु चिकित्सा, वा जीवजन्तुको क्षेत्रमा काम गर्ने सम्भावना रहने ज्योतिष शास्त्र बताउँछ।
४. जुन स्त्रीका हात पातलो र चेप्टो हुन्छ, साथै बुध पर्वतमा सीधा रेखा हुन्छ र चन्द्र शुक्र पर्वतसमेत श्रेष्ठ रहे यस्ता स्त्री नर्स बन्ने मान्यता छ।
५. जुन व्यक्तिको हत्केलामा मंगल पर्वत श्रेष्ठ हुन्छ र त्यसमा दुई सीधा रेखा भए यस्ता ब्यक्ति रसायन शास्त्रका क्षेत्रमा उपलब्धी हासिल गर्ने ज्योतिष शास्त्रमा उल्लेख छ।