आइतबार, असार २८, २०८३

भारतबाट ८६ पैसा बढेर आयो पेट्रोलियम मूल्य

निगमलाई आईओसीले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर पठाएको हो। 
 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं– इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पछिल्लो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य ८६ पैसा बढेर आएको छ। आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर पठाएको हो। 

हाल बजारमा प्रतिलिटर पेट्रोल १७५, डिजेल र मट्टीतेल १५५, हवाई इन्धन आन्तरिक १६० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ।

आईओसीले आयल निगमलाई प्रत्येक १५–१५ दिनमा पेट्रोलियम मूल्य पठाउने गरेको छ। सोहीअनुसार निगमले नेपाली बजारमा पेट्रोलियम मूल्यको कारोबार गर्दै आएको छ।

प्रकाशित: Jun 16, 2023| 15:52 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्