आइतबार, असार २८, २०८३

बैंकहरूले घटाए कर्जाको ब्याजदर 

बैंक तथा वित्तीय संस्थाको आधार दर ०.२ प्रतिशतदेखि ०.४ प्रतिशत बिन्दुले घटाइएको हो।
 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौ– बैंक तथा वित्तीय संस्थाले असारका लागि कर्जाको ब्याजदर घटाएका छन्। बैंक तथा वित्तीय संस्थाको आधार दर ०.२ प्रतिशतदेखि ०.४ प्रतिशत बिन्दुले घटाइएको हो।

चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको थियो। असारमा आधार दर घट्दै १० प्रतिशतमा कायम भएको छ। आधार दर घटेपछि कर्जाको ब्याजदर पनि घट्न सक्छ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूको स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने क्रममा छ। राष्ट्र बैंकले हाल बैंकदर ७.५ प्रतिशत कायम गरेको छ।

प्रकाशित: Jun 16, 2023| 15:03 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्