NadaNada
शुक्रबार, भदौ ६, २०८२

विपद् कोषमा ६ अर्ब बढी मौज्दात

कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा  ३ अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात। 
 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं– सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रुपैयाँ रहेको छ। कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुने गरेको छ। 

तोकिएबाहेकका क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ। कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा  ३ अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। 

यस्तै, विपद् व्यवस्थापन कोषमा १ अर्ब ८१ करोड ८९ लाख ९० हजार छ। प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ।

यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाई लागू गरिएको छ। 

प्रकाशित: Jun 16, 2023| 10:48 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्