आइतबार, वैशाख २७, २०८३

गलत डाइलग हटाएपछि 'आदिपुरुष' ले पायो प्रदर्शन अनुमति

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

गलत संवाद फिल्मबाट हटाइएपछि सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ। बिहीवार राति सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमतिपत्र वितरकले पाएका छन्।

National life

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यमा आपत्ति जनाउँदै बिहीबार बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो। भारतीय वितरकले फिल्मबाट विवादित वाक्य हटाएर नेपाल पठाएपछि बोर्डले अनुमति दिएको हो।

सेन्सर बोर्डको अनुमतिपछि ‘आदिपुरुष’ आज शुक्रबार नेपालमा रिलिज हुने भएको छ। 

यता, काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त गलत डाइलग तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन अनुमति नदिने बताएका छन्। यसबाट सेन्सर बोर्डले अनुमति दिए पनि फिल्म चल्ने-नचल्ने अन्योल भएको छ। 

प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ। यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो।

प्रकाशित: Jun 16, 2023| 05:51 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्