आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • 'आदिपुरुष' मा 'जानकी भारतीय छोरी हुन्' भन्‍ने नसच्याएसम्म फिल्म चल्‍न नदिने बालेनको चेतावनी

'आदिपुरुष' मा 'जानकी भारतीय छोरी हुन्' भन्‍ने नसच्याएसम्म फिल्म चल्‍न नदिने बालेनको चेतावनी

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा प्रयोग भएको शब्द नसच्याएसम्म कुनै पनि हिन्दी फिल्म चल्‍न नदिने चेतावनी दिएका छन्। मेयर शाहले फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्‍ने शब्द नहटाएसम्म कुनै हिन्दी फिल्म चल्‍न नदिने चेतावनी दिएका हुन्। 

triton college

उनले बिहीबार साँझ सामाजिक सञ्‍जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्‍ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिइने चेतावनी दिएका हुन्। उनले उक्त वाक्यांश सच्याउन ३ दिनको समय दिइएको पनि बताएका छन्। 

उनले लेखेका छन्, 'दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस।'

जानकी नेपालको जनकपुरका राजा जनककी छोरी भएको पौराणिक कथा तथा रामायणमा उल्लेख छ। यद्पि चलचित्रमा भने जानकीलाई भारतीय छोरी भएको उल्लेख गरिएपछि नेपालमा यसविरुद्ध आक्रोश उत्पन्‍न भएको हो। 

यसअघि भारतले आफ्नो संसद् भवनमा राखिएको अखण्ड भारतको मुरलमा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश गरेपछि मेयर बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए। 

National life insurance

प्रकाशित: Jun 15, 2023| 19:35 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्