NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘माउन्ट केटु’ आरोहणमा पूर्णिमालाई आइएमई र आइएमई पेको साथ

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमालाई आइएमई र आइएमई पेको साथ

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet
Metro Mart


नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जाँदैछिन्। पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ।

विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु  पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् । फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन्। उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन्।

प्रकाशित: Jun 15, 2023| 17:47 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्