शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकले इलेक्ट्रिक भेहिकलका लागि सर्वसुलभ कर्जा दिने

प्रभु बैंकले इलेक्ट्रिक भेहिकलका लागि सर्वसुलभ कर्जा दिने

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रालिका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

National life

प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच सम्पन्न सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टल प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकहरुले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ। यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

 

प्रकाशित: Jun 15, 2023| 17:46 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्