शुक्रबार, जेठ १, २०८३

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ। डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ।

National life

त्यस्तै बैंकले ऋण पत्र निष्कासनका लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ। बैंकले डिबेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच दुई पक्षले समझदारी गरेका हुन्। समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी र मनोज ज्ञवाली र दुवै संस्थाका वित्त प्रमुखहरूको उपस्थिति थियो।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ। पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिबेन्चर निष्कासनले सहयोग पुर्‍याउने विश्वास गरिएको छ। नबिल बैंकका सातै प्रदेशमा गरी २५५ शाखा कार्यालय र १८ विस्तारित शाखा कार्यालय छन्।

 

प्रकाशित: Jun 15, 2023| 17:45 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्