शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेस्टुरेन्टमा छुट

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेस्टुरेन्टमा छुट

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापानिज रेस्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ।

National life

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउनेछन्। बैंकले रेस्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। उक्त रेस्टुरेन्टमा ग्राहकहरूले विभिन्न प्रकारका जापानिज परिकारहरूको स्वाद लिन सक्नेछन्।

बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

 

प्रकाशित: Jun 15, 2023| 17:42 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्